त्रिकोणात्मक सिरिज : हङकङ विरुद्धको खेलमा नेपालको सजिलो जित

 #नेपाली क्रीकेट     २ कार्तिक २०८०, बिहीबार १४:०१     52 जनाले पढ़िसके



Spread the love

त्रिदेशीय शृङ्खलाको दोस्रो खेलमा नेपालले सहज जित हासिल गरेको छ।

काठमाडौंको मुलपानी क्रिकेट मैदानमा बिहीबार नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ। हङकङले दिएको ९५ रनको लक्ष्य नेपालले १३.५ ओभरमा चार विकेट गुमाएर पूरा गरेको हो।

नेपालका लागि आशिफ शेखले ४२, रोहित पौडेलले २५ र गुल्सन झाले १४ रन बनाए। हङकङका लागि इसान खानले तीन र याशिम मुर्ताजाले एक विकेट लिए। फोटो : फाइल