विश्वकप क्रिकेटमा साविक उपविजेता न्यूजिल्याण्डको सहज जीत

 विश्वकप क्रीकेट २०२३     १९ आश्विन २०८०, शुक्रबार ०९:०१     62 जनाले पढ़िसके



Spread the love

साविक उपविजेता न्युजिल्यान्डले विश्वकप क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । बिहीबार भारतको अहमदावादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडिममा न्युजिल्यान्डले साविक विजेता इंग्ल्यान्डमाथि ९ विकेटको धमाकेदार जित हात पारेको हो । इंग्ल्यान्डले दिएको २८३ रनको लक्ष्य न्युजिल्यान्डले ३६.२ ओभरमा एक विकेटको क्षतिमा पूरा गरेको हो ।

न्युजिल्यान्डको जितमा डेविड कानवे र रचिन रविन्द्रले नटआउट शतक बनाए र कानवेले १२१ बलमा नटआउट १५२ रन बनाए भने रविन्द्रले ९६ बलमा नटआउट १२३ रन बनाए । यी दुईबीच दोस्रो विकेटका लागि नटआउट २७३ रनको साझेदारी भएको थियो । इंग्ल्यान्डका लागि एक मात्र विकेट साम करनले लिए ।