भारतले दियो नेपाललाई २०३ रनको लक्ष्य

 #नेपाली क्रीकेट     १६ आश्विन २०८०, मंगलवार ०९:४६     49 जनाले पढ़िसके



Spread the love

चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको पहिलो क्वार्टरफाइनल खेलमा भारतले नेपाललाई २०३ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०२ रन बनाएको हो ।

भारतका लागि यसश्वी जैसवालले सर्वाधिक सय बनाए । ४९ बल खेलेका उनी १०० रन बनाएर आउट भए । उनलाई दीपेन्द्र सिंह ऐरीले आउट गरेका थिए । दीपेन्द्रले दुई विकेट लिए । दीपेन्द्रले भारतका कप्तान रितुराज गायकवाडको समेत विकेट लिएका थिए । उनी २३ बलमा २५ रन बनाएर आउट भए । फोटो : फाइल