काठमाडौँ । चीनमा भइरहेको १९औँ एसियन खेलअन्तर्गत टी–२० क्रिकेटको क्वार्टरफाइनलमा नेपाल भारतसँग भिड्ने छ ।
खेल भोली बिहान ६ः४५ बाट सुरु हुनेछ । आज भएको लक्की ड्रबाट नेपाल र भारतको भेट क्वार्टरफाइनलमा पक्का भएको हो ।
पहिलो खेलमा नेपालले मंगोलियाविरुद्ध २ सय ७३ रनको कीर्तिमानी जित हासिल गरेको थियो । दोस्रो खेलमा नेपालले मालदिभ्सलाई १ सय ३८ रनले हराएको थियो ।
नेपाल समूह ए को विजेता बन्दै अन्तिम ८ स्थानमा पुगेको हो । फोटो : फाइल