नेपालले माल्दिभ्सलाई दियो २१३ रनको लक्ष्य

 #नेपाली क्रीकेट     २०८०, १४ आश्विन आईतवार ०९:४३     102 जनाले पढ़िसके



Spread the love

१९औं एशियाली खेलकूद अन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा जारी खेलमा नेपालले माल्दिभ्सलाई २१३ रनको लक्ष्य दिएको छ।

टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा २१२ रन बनाएको थियो। नेपालका लागि कप्तान रोहित पौडेलले २७ बलमा ५२ रनको अर्धशतकीय पारी खेलेका थिए। उनी १८ ओभर चार बलको खेल चलिरहँदा रन आउट हुन पुगे।

यस्तै, अघिल्लो खेलमा मंगोलिया विरुद्ध ३४ बलमा शतक बनाएका कुशल मल्लले आज २० बलमा अविजित ४७ रन बनाए। गुलसन झा र कुशल भुर्तेलले समान ३५ रन बनाए। विनोद भण्डारीले १३ रनको पारी खेले। अरू खेलाडीले भने दोहोरो अंकमा रन बनाउन सकेनन्।

मंगोलियाका लागि इस्माइल नजुवानले तीन विकेट लिए। मोहम्मद रायन, मोहम्मद मिउवान र नाइल इस्माइले समान एक विकेट लिए।

हाल खेलमा माल्दिभ्स ब्याटिङ गर्दै छ। २१३ रनको लक्ष्य पछ्याएको माल्दिभ्सले १४औं ओभरको खेल सकिंदा ८ विकेट गुमाएर ५८ रन बनाएको छ। फोटो : फाइल