नेपाल क्रिकेट संघ अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध, सचिवमा पारस र प्रशान्त प्रतिस्पर्धा गर्ने

 #नेपाली क्रीकेट     २०८०, ६ आश्विन शनिबार १५:०३     103 जनाले पढ़िसके



Spread the love

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन्। चन्द क्यानको अध्यक्षमा दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन्।

चन्दविरुद्ध बर्दियाका विनयराज भण्डारीले उम्मेदवारी घोषणा गरेका थिए। तर उनले उम्मेदवारी फिर्ता लिएसँगै चन्द निर्विरोध भएका हुन्।

सचिव पदको लागि भने पारस खड्का र प्रशान्त विक्रम मल्लबीच प्रतिस्पर्धा हुने भएको छ।

त्यस्तै, क्यानको उपाध्यक्षमा हालका कोषाध्यक्षसमेत रहेका रोशन सिंह र कोषाध्यक्षमा पदम खड्का निर्विरोध निर्वाचित भएका छन्। यस्तै, जयन्ती भट्ट महिला केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएकी छन्।