च्याम्पियन्स लिग सुरु, क-कसको हार जित ?

 च्याम्पियन लिग     ३ आश्विन २०८०, बुधबार १०:३५     39 जनाले पढ़िसके



Spread the love

काठमाडौं । यूईएफए च्याम्पियन्स लिगको नयाँ सिजन सुरु भएको छ । गएरातिदेखि सुरु भएको खेलमा ८ वटा खेल भएका छन् ।

साविक विजेता म्यानचेस्टर सिटीले विजयी शुरुवात गरेको छ । समूह चरणको पहिलो खेलमा सिटीले रेड स्टार बेलग्रेड (कारभेना) लाई ३–१ गोलले हरायो । घरेलु मैदान इत्तिहादमा सिटीका अल्भारेजले दुई तथा रोद्रीले एक गोल गरे ।

यो समूहको अर्को खेलमा लाइप्जिकले योङ ब्याइजलाई ३–१ गोलले नै हराएको छ ।

समूह एफको खेलमा एसी मिलानले न्युक्यासलसँग बराबरी खेलेको छ । राति घरेलु मैदानमा मिलानले न्युक्यासलसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । समूह ई मा एट्लेटिको मड्रिडले लाजियोसँग एक/एक गोलको बराबरी खेलेको छ । यस्तै अर्को खेलमा ९ खेलाडीमा समेटिएको सेल्टिकलाई फेइनोर्डले २-० गोलले हरायो ।

यस्तै, बार्सिलोनाले एन्टवेर्पलाई पाँच गोलको फराकिलो अन्तरले हराएको छ ।

यस्तै अर्को खेलमा पोर्टोले शख्तर डोनेस्कलाई ३–१ गोलले हरायो । पेरिस सेन्ट जर्मेइन (पीएसजी)ले बोरुसिया डर्टमन्डलाई हराएको छ ।