एसियाकप सुपर-४: पाकिस्तान र भारतबिचको खेल वर्षाले प्रभावित, बाँकी खेल भोली हुने

 एसिया कप क्रिकेट     २४ भाद्र २०८०, आईतवार २१:४७     74 जनाले पढ़िसके



Spread the love

काठमाडौं-एशियाकप-२०२३ को सुपर-४ अन्तर्गतको जारी भारत र पाकिस्तानबिचको खेल वर्षाका कारण आजका लागि स्थगित भएको छ। अब बाँकी खेल सोमबार (भोली) खेलिने छ। आज जती ओभरबाट खेल स्थगित भएको छ भोली खेल त्यहीँबाट सुरु हुने छ। खेल नेपाली समय अनुसार दिउँसो ३:१५ बाट सुरु हुने छ।

कोलम्बो स्थित प्रेमदासा स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको भारतले २४.१ ओभरमा १ सय ४७ रन बनाउँदा वर्षा सुरु भएपछि खेल रोकिएको थियो। भारी वर्षाका कारण मैदान  हिलो भएपछि  खेलले निरन्तरता पाउन सकेन।

भारतले पाकिस्तान विरुद्ध राम्रो सुरुवात गर्ने क्रममा पहिलो विकेटका लागि ओपनरहरु रोहित शर्मा र शुभमन गिलले १ सय ४७ रनको साझेदारी गरे। कप्तान शर्मा १६.४ ओभरमा ५६ रनमा सादब खानको बलमा फहिम असर्फ द्वारा क्याच आउट भए। लगातै अर्को ओभरमा अर्का ओपनर शुभमन गिल शहिन साह अफ्रिदीको बलमा ५८ रनमा आउट भए।

कप्तान रोहितले भारतका लागि ५० औं अर्धशतक पुरा गर्दा शुभमनले ८ औं अर्धशतक प्रहार गरे। शर्माले ४९ बलमा ६ चौका र ४ छक्काको सहयोगमा ५६ रन बनाएका थिए। त्यस्तै गिलले ५२ बलमा १० चौका प्रहार गरे। अहिले क्रिजमा विराट कोहली १६ बलमा ८ रन बनाएर अविजित रहँदा उनलाई केएल राहुलले १७ रन बनाएर साथ दिइरहेका छन्।