एसिया कप क्रिकेटमा आज इण्डिया र पाकिस्तान भिड्दै

 एसिया कप क्रिकेट     २४ भाद्र २०८०, आईतवार १३:११     53 जनाले पढ़िसके



Spread the love

एसिया कप क्रिकेटमा आज चिर प्रतिद्वन्द्वि इण्डिया र पाकिस्तान भिड्दैछन । श्रीलङ्काको कोलोम्बोमा हुने खेल नेपाली समयानुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ । दुई टोलीबीचको अघिल्लो खेल भने वर्षाका कारण प्रभावित भएको थियो । यसअघि भएका ४ खेलमा एकमा पाकिस्तान विजयी भएको थियो भने ३ खेलमा इण्डियाले बाजी मारेको थियो ।

यसैबीच, एसिया कप क्रिकेट अर्न्तगत सुपर फोरको पछिल्लो खेलमा श्रीलङ्का विजयी भएको छ । बंगलादेशलाई २१ रनले हराउँदै श्रीलङ्का विजयी भएको हो । श्रीलङ्का ले दिएको २ सय ५८ रनको लक्ष्य पछ्याएको बंगलादेश ४८ दशमलव १ ओभरमा २ सय ३६ रनमा अलआउट हुन पुग्यो । पहिले ब्याटिङ गरेको श्रीलङ्काले पुरा ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २ सय ५७ रन बनाएको थियो ।

श्रीलङ्काका सदिरा समराविक्रमाले ९३ रन बनाएको खेलमा कुशल मेन्डिस ५० र पथुम निशान्काले ४० रन बनाए । अन्य ब्याट्सम्यान सस्तैमा समेटिए । बंगलादेशका तास्किन अहमद, हसन महमुदले समान ३–३ विकेट लिए भने शोरीफुल इशलामले २ रन बनाए ।

बंगलादेशका लागी तोहिद हृदोयले ८२ रन बनाएको दोश्रो इनिंग्समा अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । श्रीलङ्काका महिस थिकसाना, दासुन शनाका, मथिसा पाथिरनाले ३–३ विकेट लिए भने दुनिथ वालालागेले १ विकेट लिए ।