पाकिस्तानविरुद्ध नेपालको उत्कृष्ट सुरुवात, सस्तैमा समेटिए दुवै ओपनर

 #नेपाली क्रीकेट     २०८०, १३ भाद्र बुधबार १६:१२     97 जनाले पढ़िसके



Spread the love

१६औँ संस्करणको एसिया कप एकदिवसीय क्रिकेटमा आयोजक पाकिस्तानविरुद्ध नेपालले उत्कृष्ट सुरुवात गरेको छ । नेपाललाई उत्कृष्ट सुरुवात दिलाउनेक्रममा करण केसी र कप्तान रोहितकुमार पौडेलले सफलता दिलाएका छन् ।

नेपाललाई पहिलो सफलता करण केसीले दिलाए । उनले आक्रामक ब्याटर फखर जमानलाई ५.३ ओभरमा १४ रनमा विकेटकिपर आसिफ शेखको हातबाट क्याच आउट गराए ।

योसँगै करण एसिया कपमा पहिलो विकेट लिने नेपाली बलर बनेका छन् । यस्तै, ६.१ ओभरमा रोहितले अर्का ओपनिङ ब्याटर इमा–उल–हकलाई ५ रनमा रनआउटको सिकार गरे ।

त्यसअघि ४.५ ओभरमा सोमपाल कामीको ओभरमा आरिफ शेखले क्याच ड्रप गर्न पुगे । मुल्तान क्रिकेट स्टेडियममा जारी खेलमा नेपालले टस हारेर फिल्डिङको निम्तो पाएको हो । यो समाचार तयार पार्दासम्म पाकिस्तानले ९ ओभरमा दुई विकेट गुमाएर ३७ रन बनाएको छ ।

पकिस्तान र नेपालले पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिरहेका हुन् ।

पाकिस्तानविरुद्ध नेपालको प्लेइङ–११ : कुशल भुर्तेल, आसिफ शेख (विकेटपिकर), रोहितकुमार पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, गुल्शन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी ।