उपाधीका लागि आज शनिबार नेपाल र हङकङ भिड्दै

 महिला क्रीकेट     ९ भाद्र २०८०, शनिबार १३:११     40 जनाले पढ़िसके



Spread the love

काठमाडौं । नेपालले मलेसियामा जारी चार देश सम्मिलित महिला टी-ट्वान्टी आई सिरिजको उपाधीका लागि आज शनिबार नेपाल र हङकङ भिड्दै छन् ।

नेपाल र हङकङबीचको फाइनल खेल बायोमास मैदानमा नेपाली समय अनुसार बिहान पौने १२ बाट सुरु हुनेछ ।

चार देश सम्मिलित सिरिजमा नेपाल पहिलो र हङकङ दोस्रो भएर फाइनल प्रवेश गरेका हुन् ।

लिग चरणमा भएको भेटमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको थियो ।

तेस्रो स्थानको लागि शनिबारनै मलेसिया र कुवेतबीच प्रतिस्पर्धा हुनेछ ।