न्यूजिल्याण्डविरुद्ध युएईको टी २०मा ऐतिहासिक जीत

 खेल समाचार     ३ भाद्र २०८०, आईतवार ०८:००     41 जनाले पढ़िसके



Spread the love

न्युजिल्याण्डविरुद्धको दोस्रो टी २० क्रिकेटमा युएईले ऐतिहासिक जित दर्ता गरेको छ । अधिकांश सिनियर खेलाडीलाई रेस्ट दिएको न्युजिल्याण्डले युएईविरुद्ध ७ विकेटको हार ब्यहोरेको हो । पहिलो टी २० बल्लतल्ल जितेको न्युजिल्याण्डले दोस्रो टी २० मा भने ७ विकेटको लज्जस्पद हार व्यहोर्न पुग्यो ।

टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ओभरमा ८ विकेट गुमाएर जम्मा १४२ रन बनाएको थियो । न्यूजिल्याण्डका लागि मार्क चापमानल सर्वाधिक ६३ रनको अर्धशतकीय पारि खेल्दा जेम्स निसमले २१ रन बनाए । यसैगरी चाड बोएसले पनि २१ रन बनाउँदा अरु कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

न्युजिल्याण्डलाई रोक्ने क्रममा युएईका आयान अफजल खानलले सर्वाधिक ३ विकेट लिँदा मुहमद जवादुल्लाहले २ विकेट हात पार । अलि नासिर र जोहार खानको नाउँमा एक एक विकेट रह्यो । १४३ रनको लक्ष्य पछ्याएको युएईले १५.४ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो ।

युएईलाई जितानउका लागि कप्तान मोहम्मद वसिमले ५५ रनको अर्धशतकीय पारि खेल्दा आशिफ खान र बहिसल हमेदले नटआउट पारि खेले । आशिफ ४८ तथा हमेदले १२ रन जोडेका थिए । बृत्य अरविन्द २५ रनमा आउट हुँदा आर्यान्स शर्माले खाता पनि खोल्न सकेनन् ।

न्युजिल्याण्डका टिम साउथी, मिचेल स्टेनर र केइल जेमिसनले एक एक विकेट लिए ।

आजको नतिजासँगै सिरिज १–१ को बराबरीमा आएको छ । अन्तिम तथा निर्णायक टी २० आइतबार नेपाली समय अनुसार राति पौने ८ बजे सुरुहुने छ ।