महिला विश्वकप फुटबल : अष्ट्रेलियालाई हराउँदै स्वीडेन तेस्रो

 फूटबल     २ भाद्र २०८०, शनिबार २१:३२     33 जनाले पढ़िसके



Spread the love

काठमाडौँ– महिला विश्वकप फुटबलमा अष्ट्रेलियालाई हराउँदै स्वीडेन तेस्रो भएको छ ।

शनिबार तेस्रो स्थानका लागि भएको खेलमा अष्ट्रेलियालाई  २–० ले हराउँदै स्वीडेन विजयी भएको हो । आयोजक अष्ट्रेलिया भने चौथो भएको छ ।

खेलको ३० औँ मिनेटमा फ्रिडोलिना रोल्फोको पेनाल्टी गोलमा स्वीडेनले अग्रता लिएको थियो । त्यसपछि कोसोभारे अस्लानीले ६२ औँ मिनेटमा दोस्रो गोल गरेर स्वीडेनको जित सुनिश्चित गरिन् ।

अब विश्वकप उपाधिका लागि स्पेन र इंगल्याण्ड भिड्नेछन् ।