प्रहरीका ९५८ जना इन्स्पेक्टरको सरुवा, को कहाँ पठाइयो ? (सूचीसहित)

 नेपाल प्रहरी     ३१ श्रावण २०८०, बुधबार १०:४३     99 जनाले पढ़िसके



Spread the love

काठमाडौँ / नेपाल प्रहरीका ९५८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरूको सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले मंगलरबार इन्स्पेक्टर सरुवा सूची प्रकाशन गरेको हो ।

प्रहरी प्रधान कार्यालय आज (मंगलबार) उनीहरूको सरुवा गरेको हो । काठमाडौँस्थित प्रहरी प्रभाग बूढानीलकण्ठ र फर्पिङको इन्चार्ज पनि परिवर्तन भएका छन् ।

लामो समयदेखि इन्स्पेक्टरको सरुवा रोकिएको थियो । उनीहरूको सरुवासँगै देशका अधिकांश इलाका प्रहरी कार्यालयका इन्चार्ज परिवर्तन भएका छन्।

किरण प्रकाश मल्ललाई जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ र चन्द्र किशोर शाहलाई इलाका प्रहरी कार्यालय यदुकुवा धनुषामा सरुवा गरिएको छ । नवराज न्यौपाने जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोड झापामा सरुवा भएका छन् ।

इलाका प्रहरी कार्यालय टोकपुर रामेछापमा मणिराम थापा, जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीमा बजिर सिंह विष्ट र इलाका प्रहरी कार्यालय लेटाङमा भिमलाल वलीलाई सरुवा गरिएको छ ।

यस्तै मोहन विक्रम केसी इलाका प्रहरी कार्यालय पोखरीया पर्सामा सरुवा भएका छन् । प्रहरी प्रभाग सानेपामा कार्यरत सचिता थापा मगरलाई इलाका प्रहरी कार्यालय भिमफेदीमा सरुवा गरिएको छ ।

यी हुन् सरुवा भएका इन्स्पेक्टरहरू