फिफा महिला विश्वकपमा आज क्वार्टरफाइनलका अन्तिम दुई खेल, स्पेन र स्वीडेन सेमिफाइनलमा

 फूटबल     २७ श्रावण २०८०, शनिबार ०९:४७     53 जनाले पढ़िसके



Spread the love

काठमाडौं,  फिफा महिला विश्वकप फुटबलमा आज क्वार्टरफाइनलका अन्तिम दुई खेल हुँदैछन्। अन्तिम दुई खेलमा आज अस्ट्रेलिया र फ्रान्स तथा इङ्ल्यान्ड र कोलम्बिया भिड्न लागेका हुन्

अस्ट्रेलिया र फ्रान्सबीचको खेल दिउँसो पौने १ बजे तथा इङ्ल्यान्ड र कोलम्बियाबीचको खेल दिउँसो सवा ४ बजे शुरु हुनेछ । शुक्रबार भएको खेलमा नेदरल्यान्ड्सलाई हराउँदै स्पेन तथा जापानलाई हराउँदै स्वीडेन सेमिफाइनलमा पुगेका छन् ।

अगस्ट १५ तारिखमा पहिलो र १६ तारिखमा दोस्रो सेमिफाइनल हुनेछ । गएको जुलाई २० तारिखदेखि शुरु भएको महिला विश्व कपमा ३२ टोली सहभागी थिए । फाइनल खेल अगस्ट २० तारिखमा हुनेछ ।