लखन्देहीमा भेटिएको टाउको सितामढीका युवकको भएको पहिचान

 #अपराध     २६ श्रावण २०८०, शुक्रबार १७:२७     166 जनाले पढ़िसके



Spread the love
मलंगवा, – हरिवन नगरपालिका अन्तर्गत महेन्द्र राजमार्गमा पर्ने लखन्देही पुलदेखि दक्षिण टाउको मात्र गिंडिएको अवस्थामा फेला परेको पुरुषको पहिचान भएको छ ।
भारतको सितामाढी जिल्ला अन्तर्गत मनियारी बस्ने २३ वर्षीय गोलु भन्ने अभिशेष राजको टाउको रहेको परिवारद्वारा सनाखत भएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जानकारी दिएको छ। ‘अभिशेषका बुवा राम दिवाकर लगायत अन्य परिवारका सदस्यहरुले टाउकाको सनाखत गरिसकेको जानकारी जिल्ला प्रहरी कार्यालयले दिंदै  ‘सनाखत भएको टाउको पोष्टमार्टमका लागि आजै काठमाडौं पनि पठाईसकेको बताएका छ ।’
मृतकका पिता राम दिवाकरका अनुसार गत साउन २० गते अभिशेष आफ्ना ४ जना छिमेकी साथीहरुसँग घुम्न भनि सर्लाही तर्फ आएका थिए । अन्य ४ जना पनि हालसम्म गाउँघरतिर सम्पर्क बिहिन रहेकाले अभिशेषको हत्यामा उनीहरुको संलग्नताको संभावना रहेको हुनसक्ने भन्दै जिल्ला प्रहरी कार्यालय मलंगवा तथा ईलाका प्रहरी कार्यालय हरिवनले अनुसन्धानलाई तिव्रता दिएको जनाएको छ ।
सदरमुकाम मलंगवा स्थित प्रादेशिक अस्पतालले पोष्टमार्टम गर्न नमानेपछि प्रहरीले विहिबार साँझ नै उक्त टाउकोलाई सुरक्षीत रुपमा काठमाडौं पठाउन लागेको थियो । तर भारतीय युवक रहेको हुनसक्ने जानकारी पाएपछि उक्त टाउकोलाई पहिचानका लागि मलंगवा स्थित अस्पतालको पोष्टमार्टम कक्षमै राखिएको र हाल पहिचान पश्चात काठमाडौं पठाईएको छ ।
‘मृतकको पहिचान भईसकेपछि अब अनुसन्धान अगाडी बढाउन धेरै हदसम्म सजिलो भएको छ, भारतीय सुरक्षानिकायसँग पनि समन्वय गर्दै अनुसन्धान अघि बढाईने ’, भन्दै जिल्ला प्रहरी स्रोतले भन्यो ‘अब मृतकको शरिरको अन्य भाग तथा उनीसँगै आएका अन्य ४ जना भारतीयहरुको खोजी कार्य गर्नेछौं।