फिफा विश्वकपः जमैकालाई हराउँदै कोलम्बिया क्वार्टरफाइनलमा

 फूटबल     २३ श्रावण २०८०, मंगलवार १६:२३     55 जनाले पढ़िसके



Spread the love
काठमाडौँ- कोलम्बिया फिफा महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
अस्ट्रेलियाको मेलबर्न रेक्टाङ्गुरल स्टेडियममा आज भएको प्रि-क्वार्टरफाइनल खेलमा जमैकालाई १-० ले पराजित गर्दै कोलम्बिया अन्तिम ८ मा प्रवेश गरेको हो ।
कोलम्बियालाई जितमा कप्तान काटालिना उस्मेले निर्णायक गोल गरिन् ।
काटालिनाले ५१ औँ मिनेटमा गरेको गोलसँगै कोलम्बिया अघिल्लो चरणमा प्रवेश गर्‍यो ।
कोलम्बियाले अन्तिम ८ मा इंग्ल्यान्डको सामना गर्नेछ ।