नाइजेरियालाई पेनाल्टी शुटआउटमा हराउँदै इङ्ग्ल्यान्ड महिला विश्वकपकाे क्वाटरफाइनलमा

 फूटबल     २२ श्रावण २०८०, सोमबार १४:३४     37 जनाले पढ़िसके



Spread the love
काठमाण्डाै – नाइजेरियालाई पेनाल्टी शुटआउटमा हराउँदै इङ्ग्ल्यान्ड फिफा महिला विश्वकप फुटबलकाे क्वाटरफाइनलमा पुगेकाे छ ।
आज साेमवार अस्ट्रेलियाकाे सनकर्प स्टेडियममा भएकाे खेलमा नाइजेरियालाई पेनाल्टी शुटआउटमा ४–२ गाेलले हराउँदै इङ्ग्ल्यान्ड क्वाटरफाइनलमा पुगेकाे हाे । निकै प्रतिस्पर्धात्मक खेलमा ९० मिनेटसम्म दुवै टाेलीबाट गाेल हुन नसकेपछि अतिरिक्त ३० मिनेट थप गरिएकाे थियाे । थपिएकाे समयमा पनि गाेल हुन नसकेपछि खेल पेनाल्टी शुटआउटमा पुगेकाे हाे ।
खेलकाे ८७ औँ मिनेटमा इङ्ग्ल्यान्डकी लरेन जेम्स राताे कार्ड पाउँदै मैदानबाट बाहिरिएकी थिइन् ।
अब इङ्ग्ल्यान्डले क्वाटरफाइनलमा कोलम्बिया र जमैकाबीचकाे विजेतासँग अगस्ट १२ मा खेल्नेछ । काेलम्बिया र जमैकाबीचकाे खेल भाेलि मङ्गलवार हुँदैछ ।