एसीसी इमर्जिङ कप: नेपाल र युएई भिड्दै

 #नेपाली क्रीकेट     ३ श्रावण २०८०, बुधबार ०८:०८     34 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । श्रीलंकामा जारी एसीसी पुरुष इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा आज नेपालले युएई ए सँग खेल्दैछ ।

नेपाल र युएई बीचको खेल नेपाली समयानुसार बिहान १०:१५ बजे कोलोम्बोको पि.सारा ओभल रंगशालामा सुरु हुनेछ ।

समूह बी मा रहेका नेपाल र युएई ए दुवै समूह चरणबाट बाहिरी सकेका छन् ।

नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेट ले पराजित भएको थियो भने दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित भएको थियो । यस्तै युएई ए पनि भारतसँग ८र पाकिस्तानसँग १ सय ८४ रनले पराजित भएको थियो । फोटो : फाईल