साफ च्याम्पियनसिपको उपाधिका लागि भारत र कुवेत भिड्ने

 फूटबल     २०८०, १७ असार आईतवार १२:३६     78 जनाले पढ़िसके



Spread the love

काठमाडौं । साफ च्याम्पियनसिपको उपाधिका लागि आयोजक राष्ट्र भारतसँग कुवेत भिड्ने भएको छ । शनिबार राति बैंग्लोरको कान्तिरभा स्टेडियममा भएको दोस्रो सेमिफाइनल खेलमा लेवनानलाई टाइब्रेकरमा ४–२ ले हराउँदै भारतले कुवेतसँगको भेट पक्का गरेको हो ।

त्यसअघि शनिबार नै भएको पहिलो सेमिफाइनलमा बंगलादेशलाई १–० गोल अन्तरले हराउँदै कुवेत फाइनलमा पुगेको छ । कुवेत पहिलो सहभागितामा नै उपाधि नजिक पुगेको हो । कुवेत र भारत उपाधिका लागि मंगलबार भिड्नेछन् ।