गैरआवासिय नेपाली संघ कोलोराडोको अध्यक्षमा बिष्णु प्रसाद पौडेल ,उपाध्यक्षमा जिवन दाहाल र कोषाध्यक्षमा सुमन केसी निर्विरोध निर्वाचित

 गैरआवासिय नेपाली     २०८०, १५ असार शुक्रबार २२:१०     127 जनाले पढ़िसके



Spread the love

गैरआवासिय नेपाली संघ अमेरिका, कोलोराडो च्याप्टरको २०२३-२०२५ कार्यकालका लागि अध्यक्षमा उमेद्धवार बिष्णु प्रसाद पौडेल (प्रकाश) ,उपाध्यक्ष पदमा उमेद्धवार जीवन दाहाल र कोषाध्यक्ष पदका उमेद्धवार सुमन केसी निर्बिरोध निर्वाचित भएका छन। गत २७ देखि २९ जुन सम्म अनलाईन मार्फत भएको उम्मेदवारी आवेदनबाट अध्यक्ष, उपाध्यक्ष तथा कोषाध्यक्ष पदमा अन्य सदस्यहरु कसैको उम्मेदवारी नपरेको हुँदा उनीहरु निर्विरोध निर्वाचित भएका हुन।