भारतसँग पराजित भएसँगै नेपाल साफ च्याम्पियनसिप फुटबलको समूह चरणबाट बाहिरियो

 फूटबल     २०८०, ९ असार शनिबार २२:२६     103 जनाले पढ़िसके



Spread the love

काठमाडौं । नेपाल साफ च्याम्पियनसिप फुटबलको समूह चरणबाट बाहिरिएको छ ।

भारतमा जारी १४औं संस्करणको साफ च्याम्पियनसिप फुटबलमा बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा शनिबार भारतसँग पराजित भएसँगै समूह चरणबाट बाहिरिएको हो । नेपाल भारतसँग २–० गोल अन्तरले पराजित भएको हो ।

भारतलाई जित दिलाउन कप्तान सुनिल क्षेत्री र महेश सिंह नोरिमले समान एक एक गोल गरे ।

पहिलो हाफमा भारतविरुद्ध उत्कृष्ट खेलेको नेपालले दोस्रो हाफमा दुई गोल खाएको थियो ।

अब नेपालले तेस्रो तथा समूह चरणको अन्तिम खेलमा मंगलबार पाकिस्तानविरुद्ध खेल्नेछ ।