साफ च्याम्पियनसिप- नेपालविरुद्ध कुवेतको दोस्रो गोल, नेपाल २-० ले पछाडि

 संवाददाता    २०८०, ६ असार बुधबार १७:१२     87 जनाले पढ़िसके



Spread the love

काठमाडौं, भारतमा जारी १४ औं साफ च्याम्पियनसिप अन्तर्गतको आफ्नो पहिलो खेलमा बलियो टोली कुवेतसँग प्रतिस्पर्धा गरिरहेको नेपालले दुई गोल खाएको छ ।

खेलको २२ औं मिनेटमा कुवेतका कप्तान खलिद हजियाले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका हुन् । त्यस्तै अर्को गोल ४२ मिनेटमा भएको हो।

नेपाल भन्दा निक्कै बलियो मानिएको कुवेतसँग हालसम्म नेपालले ९ पटक भिडिसकेको छ भने एकपटक गोलरहित बराबरी गर्नु बाहेक अन्य सबै खेलमा नेपालले पराजय बेर्होर्दै आएको छ ।

आज बलियो टोली कुवेतलाई हराउँदै इतिहास रच्ने नेपालको रणनीति रहेको छ ।