अमेरिकाले दियो नेपाललाई २०८ रनको लक्ष्य

 #नेपाली क्रीकेट     २०८०, ५ असार मंगलवार १६:४१     93 जनाले पढ़िसके



Spread the love

आईसीसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा अमेरिकाले नेपाललाई २०८ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले ४९ ओभरमा अल आउट हुँदै २०७ रन बनाएको हो ।

अमेरिकाका लागि शायन जहंगिरले सर्वाधिक १०० रन बनाए । त्यस्तै अमेरिकाका सुशान्त मदानीले ४२ रन जोडे । गजानन्द सिंहले २६ र जेस्सी सिंहले १२ रन बनाउँदा अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि करण केसीले सर्वाधिक चार विकेट लिए । गुल्झन झाले तीन, दिपेन्द्र सिंह ऐरीले दुई तथा ललित राजवंशीले एक विकेट लिए ।

नेपालले टस जितेर फिल्डिङ रोजेको थियो ।

नेपालको तेस्रो खेल वेस्ट इन्डिजसँग २२ जुन अर्थात् असार ७ मा रहेको छ । नेपालले समूह चरणको अन्तिम खेलमा नेदरल्यान्डसँग २४ जुन अर्थात असार ९ मा खेल्नेछ ।

समूह ए मा नेपाल, नेदरल्यान्ड्स, अमेरिका, जिम्बावे र वेस्टइन्डिज छन् । समूह बी मा श्रीलंका, आयरल्यान्ड, ओमान, युएई र स्कटल्यान्ड छन् ।

हरेक समूहबाट शीर्ष तीन टोलीले सुपर सिक्समा स्थान बनाउने छन् । जसबाट सुपर सिक्समा अर्को समूहबाट आउने तीन टोलीसँग खेल्नुपर्ने हुन्छ ।

सुपर सिक्समा शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।