नेपालद्दारा जिम्बावेलाई २ सय ९१ रनकाे लक्ष्य

 #नेपाली क्रीकेट     २०८०, ३ असार आईतवार १६:४१     97 जनाले पढ़िसके



Spread the love

काठमाण्डाै – आईसीसी एकदिवसीय विश्व कप क्रिकेटको छनोटमा नेपालले घरेलु टाेली जिम्बावेलाई २ सय ९१ रनकाे लक्ष्य दिएकाे छ ।

हरारे स्पाेर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९० रन बनायाे । नेपालका लागि कुशल भुर्तेलले शतक र आशिफ शेखले ६६ रन बनाएर आउट भए । १०० बल खेलेका उनले सात चौका प्रहार गरे ।

कुशल मल्लले ४१ रनको योगदान गरे । उनले ४२ बलमा दुई चौका र तीन छक्का प्रहार गरे ।

यस्तै कप्तान रोहित पौडेल ३१ रन बनाएर आउट भए । उनले २९ बलमा दुई चौका र दुई छक्का प्रहार गरे ।

गुल्सन झा १३ रन बनाएर आउट भए । उनले एक चौका प्रहार गरे ।

आरिफ शेख ११ बलमा १० र दीपेन्द्रसिंह ऐरी ७ बलमा ६ रन बनाएर आउट हुँदा भीम सार्कीले रनको खाना नै खोल्न सकेनन् ।

क्वालिफायर अन्तर्गत समूह ए मा नेपालले आज पहिलो खेल जिम्बाब्वेविरुद्ध खेलेको हो ।

नेपालको समूहमा जिम्बावे, वेस्ट इण्डिज, नेदरल्याण्ड्स र अमेरिका छन् ।

नेपालले यसपछि अमेरिका, वेस्टइन्डिज र नेदरल्यान्ड्ससँग खेल्नेछ ।

समूहका शीर्ष ३ टीमले सुपर सिक्समा प्रतिस्पर्धा गर्नेछन् । त्यहाँ शीर्ष २ भित्र पर्ने टिम विश्वकपमा छानिने छन् ।