नेपाललाई ओमानले दियो २६८ रनको लक्ष्य

 #नेपाली क्रीकेट     २०८०, ३२ जेष्ठ बिहीबार १५:३१     74 जनाले पढ़िसके



Spread the love

काठमाडौं । एकदिवसीय विश्वकपको छनोटका लागि जिम्बाब्वेमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले दोस्रो ‘वार्म अप’ खेलमा ओमानबाट २६८ रनको लक्ष्य पाएको छ ।

हरारे स्पोर्ट्स क्लबमा पहिले ब्याटिङमा आएको ओमानले ४९.२ ओभरमा सबै विकेट गुमाएर २६७ रनको योगफल खडा गर्‍यो ।

नेपालका सोमपाल कामीले पाँच विकेट लिए । ९.२ ओभर बलिङ गरेका सोमपालले दुई मेडन राख्दै ५७ रन खर्चिए ।

सन्दीप लामिछानेले तीन विकेट लिए । सन्दीप यसअघि पहिलो ‘वार्म अप’ खेल खेलेका थिएनन् । यसबाहेक, करण केसी र प्रतिश जिसीले एक विकेट लिए ।

यसअघि पहिलो ‘वार्म अप’ खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (यूएई)सँग तीन विकेटले पराजित भएको थियो ।