आज नेपाल र यूएई अभ्यास म्याच खेल्दै

 #नेपाली क्रीकेट     २०८०, ३० जेष्ठ मंगलवार ०९:००     104 जनाले पढ़िसके



Spread the love

काठमाडौं : एकदिवसीय विश्वकप छनोट अघिको पहिलो आधिकारिक वार्मअप म्याचमा आज नेपालले यूएईको सामना गर्दैछ। जिम्बावेको हरारेमा हुने खेल नेपाली समय अनुसार दिउँसो १२:४५ बजे सुरु हुनेछ।

रोहित पौडेलको कप्तानीमा रहेको नेपालले यसअघि दक्षिण अफ्रिकामा तयारी गरेको थियो। तर दक्षिण अफ्रिकामा नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँगको दुवै अभ्यास खेल हारेको थियो।

दुवैमा नेपालले ब्याटिङमा राम्रो प्रदर्शन गर्न सकेन। यूएईले पनि यसअघि वेस्टइन्डिजसँग तीन खेलको ओडिआई सिरिज खेलेकोमा सबै खेल हारेको थियो।

यसै वर्ष भारतमा हुने एकदिवसीय विश्वकपका लागि २ टिम छान्न यो छनोट प्रतियोगिता हुन लागेको हो।

प्रतियोगितामा नेपाल रहेको समूह ‘ए’ मा आयोजक जिम्बावे र वेस्टइन्डिजसँगै अमेरिका र नेदरल्यान्ड्स छन्। समूह ‘बी’ मा भने श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, यूएई, र ओमान रहेका छन्।

दुवै समूहबाट शीर्ष तीन टोली सुपर सिक्समा पुग्ने छन् भने सुपर सिक्सबाट फाइनलमा पुग्ने २ टिमले विश्वकप खेल्न पाउने छन्।

फोटो : फाइल