काठमाडौं : फ्रेन्च ओपन टेनिरकव उपाधि नोभाक जोकोभिचले जितेका छन्। योसँगै उनी २३औं ग्रान्डस्लाम जित्दै इतिहास रच्न सफल भएका छन्।
यनको यो तेस्रो फ्रेन्च ओपनको उपाधि हो। अहिलेसम्म उनी स्पेनका राफेल नाडालसँग बराबरीमा थिए। यससँगै जोकोभिच सर्वाधिक ग्रान्डस्लाम जित्ने पुरुष खेलाडी बने।
फ्रेन्च ओपनको आइतबार भएको फाइनलमा नर्वेका क्यास्पर रुडलाई जोकोभिकले ७-६ (७-१) ६-३, ७-५ को सेटमा हराए। जितसँगै उनी विश्व नम्बर वानमा फर्किएका छन्।
चोकोभिचले १० अष्ट्रेलियन ओपन, सात विम्बल्डन, तीन युएस ओपन र तीन फ्रेन्च ओपन जितेका छन्।