च्याम्पियन्स लिगको उपाधि म्यानचेस्टर सिटीलाई, ‘ट्रेबल’ जित्ने दोस्रो टीम

 संवाददाता    २०८०, २८ जेष्ठ आईतवार ०८:३८     91 जनाले पढ़िसके



Spread the love

म्यानचेस्टर सिटीले यो सिजनको च्याम्पियन्स लिग, इंग्लिस प्रिमियर लिग र एफए कप तीन वटै उपाधि हात पारेको छ।

च्याम्पियन्स लिग फूटबलको उपाधि म्यान्चेस्टर सिटीले जितेको छ। गए राति सम्पन्न इन्टर मिलान विरुद्धको खेलमा म्यानचेस्टर सिटी १-० गोल अन्तरले विजयी भएको हो।

सिटीको लागि खेलको ६८औं मिनेटमा रोड्रीले गोल गरेका थिए।

यो जित म्यानचेस्टर सिटीको ‘ट्रेबल’ जित समेत हो। अर्थात् यो सिजनको च्याम्पियन्स लिग, इंग्लिस प्रिमियर लिग र एफए कप तीन वटै उपाधि म्यानचेस्टर सिटीले जितेको छ। यसअघि यस्तो ट्रेबल जित्ने टीम म्यानचेस्टर यूनाइटेड मात्र थियो। उसले सन् १९९९ मा यी तीन वटै उपाधि हात पारेको थियो।

सिटीले पछिल्ला ६ वर्षमा पाँच पटक प्रिमियर लिगको उपाधि जितेको छ। पाँचै पटक उपाधि जित्दा टोलीका प्रशिक्षक पेप गुआर्डिओला छन्।