आज नेदरल्याण्डसँग अभ्यास खेल खेल्दै नेपाल

 #नेपाली क्रीकेट     २०८०, २७ जेष्ठ शनिबार १०:३८     91 जनाले पढ़िसके



Spread the love

काठमाडौं । आईसीसी एक दिवसीय विश्वकप छनोटको तयारीमा रहेको नेपालले दोस्रो अभ्यास खेलमा आज नेदरल्याण्डससँग खेल्ने भएको छ ।

गत बिहीबार भएको पहिलो अभ्यास खेलमा नेपाल स्कटल्यान्डसँग ७ विकेटले पराजित भएको नेपाल आज नेदरल्याण्डससँग खेल्न लागेको हो ।

नेपाल दुई सातापछि जिम्बावे हुने आइसिसी विश्वकप छनोट अघि अन्तिम तयारीको लागि दक्षिण अफ्रिका भ्रमणमा छ । जिम्बाबेमा हुने छनौट खेलमा नेपालसहित आठ देशको सहभागिता रहने छ ।

नेपालसमेत रहेको समूह ‘ए’ वेस्ट इन्डिज, अमेरिका, नेदरल्याण्डस् र जिम्बाबे रहेका छन् भने समूह ‘बी’मा आयरल्याण्ड, ओमान, स्कटल्यान्ड, श्रीलङ्का र युनाइटेड अरब इमिरेट्स यूएई रहेका छन् । फोटो : फाइल