नेपाल र स्कटल्यान्ड आज अभ्यास म्याचमा भिड्दै

 #नेपाली क्रीकेट     २०८०, २५ जेष्ठ बिहीबार १०:१०     115 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । विश्वकप छनोटका लागि दक्षिण अफ्रिकामा अभ्यासका लागि पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आफ्नो पहिलो अभ्यास खेल स्कटल्यान्डसँग खेल्दैछ। खेल मध्यान्ह दक्षिण अफ्रिकामा १२ः४५ बजेबाट सुरु हुन्छ ।

यसअघि नेपालले घरेलु मैदानमा भएको विश्वकप लिग २ को खेलमा स्कटल्यान्डलाई पराजित गरेको थियो । जिम्बावेमा आगामी १८ जुनदेखि १९ जुलाईसम्म हुने छनोट प्रतियोगिताका लागि क्यानले प्रारम्भिक टिमको घोषणा गरेको हो ।

नेपालले गत चैतमा सम्पन्न लिग २ शृङ्खलाको शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोटमा स्थान बनाएको थियो । जिम्बाबेमा हुने छनोट प्रतियोगिता नेपालसहित ८ टिमको सहभागिता रहनेछ ।

समूह ’ए’ मा नेपाल, वेस्ट इन्डिज, अमेरिका, नेदरल्यान्ड्स र जिम्बाबे छन्। समूह ’बी’मा आयरल्यान्ड, ओमान, स्कटल्यान्ड, श्रीलङ्का र युनाइटेड अरब इमिरेट्स (यूएई) छन्।

प्रत्येक समूहबाट शीर्ष तीन टिमले सुपर सिक्समा स्थान बनाउनेछन् । प्रतियोगिताबाट दुई टिमले विश्वकप स्थान बनाउनेछन् । फोटो : फाईल