ए डिभिजन लिगमा आज चार खेल हुँदै

 #सहिद स्मारक लिग     २०८०, २१ जेष्ठ आईतवार १०:००     80 जनाले पढ़िसके



Spread the love

शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत आज ४ खेल हुँदै छन् । जसमध्ये दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल तथा एक खेल एन्फा कम्प्लेक्समा हुनेछ ।

खेलहरू दिउँसो ३ बजे र साँझ ६ बजे हुनेछन् ।

पहिलो खेल दिउँसो ३ बजेसंकटा क्लब र खुमलटार युथ क्लबबीच एन्फा कम्प्लेक्समा हुनेछ भने दोस्रो खेल दशरथ रंगशालामा न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पाबीच हुने छ ।

तेस्रो खेल च्यासल मैदानमा मच्छिन्द्र र नेपाल पुलिसबीच दिउँसो ३ बजेबाट नै शुरू हुनेछ । यस्तै अन्तिम खेल साँझ ६ बजे दशरथ रंगशालामा मनाङ मर्स्याङदी क्लब र फ्रेण्ड्स क्लबबीच हुनेछ ।