नेपालविरुद्द मलेसियाको रोमाञ्चक जित, आज अन्तिम तथा निर्णायक खेल

 खेल समाचार     २०८०, २१ जेष्ठ आईतवार ०६:३७     106 जनाले पढ़िसके



Spread the love

काठमाडौं । नेपाल चौथो महिला टि२० आई खेलमा घरेलु टोली मलेसियासँग ४ विकेटले पराजित भएको छ । योसँगै पाँच खेलको सिरिज २–२ को बराबरी अवस्थामा पुगेको छ ।

जितको लागि ९७ रनको विजयी लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । नेपाल पहिलो खेलमा ५ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा नेपाल ७ विकेट र तेस्रो खेलमा २७ रनले विजयी भएको थियो । पाँचौं तथा अन्तिम निर्णायक खेल आज हुनेछ ।