एफए कपको उपाधि म्यानचेस्टर सिटीलाई

 खेल समाचार     २०८०, २१ जेष्ठ आईतवार ०६:३१     93 जनाले पढ़िसके



Spread the love

म्यानचेस्टर सिटीले एफए कप फुटबलको उपाधि जितेको छ।

शनिबार बेलुका भएको फाइनलमा म्यानचेस्टर युनाईटेडलाई २–१ गोल अन्तरले हराउँदै सिटीले उपाधि जितेको हो।

सिटीलाई उपाधि दिलाउन दुवै गोल कप्तान इल्के गुन्डोगानले गरे।

खेलको पहिलो मिनेटमै गुन्डोगानले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर ३३ औं मिनेटमा ब्रुनोले पेनाल्टीमार्फत गोल गर्दै युनाईटेडलाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि ५१ औं मिनेटमा गुन्डोगानले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई २–१ को जित दिलाए ।

सिटीको यो सिजनको दोस्रो उपाधि हो।

ट्रेबल उपाधि जित्ने योजनामा रहेको सिटीले यस अघि प्रिमियर लिगको उपाधि जितिसकेको छ।

अब सिटीले च्याम्पियन्स लिगको फाइनलमा इन्टर मिलानसँग खेल्नेछ। इन्टरलाई हराउँदै पहिलो पटक यो उपाधि जित्ने सिटीको लक्ष्य रहेको छ।