काभा भलिबल : आज नेपाल उज्वेकिस्तानसँग भिड्दै

 खेल समाचार     २०८०, १४ जेष्ठ आईतवार १०:१९     82 जनाले पढ़िसके



Spread the love

काठमाडौं । काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल–उज्वेकिस्तान बिचमा प्रतिस्पर्धा हुँदैछ ।

तेस्रो स्थानका लागि घरेलु टोली नेपालले उज्वेकिस्तानसँग खेल्न लागेको हो । सो खेल बिहान ११ बजेबाट सुरु हुनेछ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा हुने सो खेलमा नेपाल कजाकस्तानसँग पाँच सेटमा पराजित भएपछि फाइनल पुग्न असफल भएर आज खेल्न आइपुगेको हो । यस अघि नेपाल भारतसँग पराजित हुन पुगेको थियो ।