ए डिभिजन अन्तर्गत आज दुई खेल हुँदै

 #सहिद स्मारक लिग     २०८०, १२ जेष्ठ शुक्रबार १०:१४     99 जनाले पढ़िसके



Spread the love

राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज २ वटा खेल हुने भएका छन् ।

 

आजका दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने छन् ।

दिउँसो २ बजे हुने खेलमा नेपाल पुलिस क्लब र एफसी खुमलटार युवा क्लबकाबीचमा प्रतिस्पर्धा हुने छ ।

विभागीय क्लब पुलिस २५ अंकका साथ तालिकाको दशौं स्थानमा रहेको छ भने एफसी खुमलाटार २१ अंकका साथ पुछारमा रहेको छ ।

यसैगरी आजै साँझ ६ बजे हिमालयन शेर्पा र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुने छ ।

थ्रीस्टार छैटौं र शेर्पा आठौं स्थानमा रहेका छन् ।

दुबैको समान २६ अंक रहेको छ ।