काभा महिला भलिबलकाे सेमिफाइनलमा आज नेपाल र काजकिस्तान खेल्दै

 संवाददाता    २०८०, १२ जेष्ठ शुक्रबार ०८:५६     95 जनाले पढ़िसके



Spread the love

काठमाण्डाै – एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपको सेमिफाइनलमा आज नेपालले काजकिस्तानसँग खेल्दैछ ।

खेल त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बेलुका ५ बजे सुरु हुनेछ । आजको खेलमा काजकिस्तानलाई हराए नेपाल फाइनल पुग्नेछ । नेपाल समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । काजकिस्तान समूह ‘बी’ को विजेता टोली हो ।

आज हुने अर्को सेमिफाइनलमा भारत र उज्वेकिस्तानबीच दिउँसो साढे २ बजे प्रतिस्पर्धा हुनेछ । दुवै सेमिफाइनलका विजेता टोलीबीच आइतवार फाइनल खेल हुनेछ । फोटो : फाइल