शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार च्यासल मैदानमा दिउँसो ३ बजे मनाङ मस्र्याङदी र चर्च ब्वाईज बिच प्रतिस्पर्धा हुनेछ ।
यस्तै एन्फा कम्प्लेक्समा पनि ३ बजे नै सातदोबाटो र फ्रेन्ड्स क्लबका बिच प्रतिस्पर्धा हुनेछ ।