ए डिभिजन लिग : चर्च ब्वाइज हिमालयनसँग बराबरीमा रोकियो, आमीसँग फ्रेण्ड्स पराजित

 #सहिद स्मारक लिग     ८ जेष्ठ २०८०, सोमबार १८:३०     51 जनाले पढ़िसके



Spread the love

काठमाडौँ– राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको चर्च ब्वाइज युनाईटेड हिमालयन शेर्पा क्लबसँग बराबरीमा रोकिएको छ ।

ललितपुरस्थीत च्यासल मैदानमा सोमबार भएको खेलमा चर्च ब्वाइजले हिमालयनसंग १–१ को बराबरी खेलेको हो ।

खेलको १३ औं मिनेटमा अन्जन विष्टको गोलमार्फत चर्च ब्वाइजले अग्रता लिएको थियो । तर, ३६ औं मिनेटमा अबायोमी फाकुन्लेले गोल गर्दै हिमालयनलाई १–१ गोलको बराबरीमा ल्याए । यस बराबरीसँगै चर्च ब्वाइज २० खेलमा ३७ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । हिमालयन २० खेलमा २६ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

त्यस्तै, सोमबार नै एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले फ्रेण्ड्स क्लवलाई ३–० गोल अन्तरले पराजित गर्यो ।

आर्मीका लागि जगजित श्रेष्ठले खेलको २६ औं मिनेटमा गोल गरेका थिए । त्यस्तै नवयुग श्रेष्ठले खेलको ७५ र सुदिल राईले इन्जुरी टाइममा गोल गरेका थिए । जितसंगै आर्मी २९ अंक जोड्न सफल भएको छ भने फ्रेण्ड्सको २१ अंक रहेको छ ।