ए डिभिजन : सातदोबाटो युथ क्लबद्दारा थ्री स्टार क्लब पराजित

 #सहिद स्मारक लिग     २०८०, ६ जेष्ठ शनिबार २१:५९     100 जनाले पढ़िसके



Spread the love

सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शनिबारको खेलमा सातदोबाटो युथ क्लबले थ्री स्टार क्लबलाई २–० गोलले पराजित गरेको छ।​

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको २४औं मिनेटमा विलियम ओपोकुले गोल गर्दै सातदोबाटोलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० ले पछि परेको थ्री स्टारले दोस्रो हाफको सुरुआतमै पुनः गोल खायो।

ओपोकुले नै ४७औं मिनेटमा फ्रि–किकमार्फत सोझै गोल गर्दै सातदोबाटोको अग्रता दोब्बर पारे।

जितसँगै १९ खेलबाट २९ अंक जोडेको सातदोबाटो लिग तालिकाको चौथो स्थानमा उक्लिएको छ। समान खेलबाट २६ अंक जोडेको थ्री स्टार पाँचौँ स्थानमा झरेको छ। शीर्ष स्थानको चर्च ब्वाइज युनाइटेडको १९ चरण सकिँदा ३६ अंक छ।
दोस्रो स्थानको जावलाखेल युथ क्लबको ३२ र तेस्रो स्थानको मछिन्द्रको ३१ अंक छ। रेलिगेसन जोनमा रहेका फ्रेन्ड्स क्लब र एफसी खुमलटारको क्रमशः २१ र १८ अंक छ।