सातदाेबाटाेलाई हराउँदै चर्च ब्वाइज शीर्ष स्थानमा

 #सहिद स्मारक लिग     ३ जेष्ठ २०८०, बुधबार ०६:४३     48 जनाले पढ़िसके



Spread the love

काठमाण्डाै – चर्च ब्वाइज युनाइटेड शहीद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

हिजो मङ्गलवार दशरथ रङ्गशालामा भएको खेलमा सातदोबाटो युथ क्लबलाई १–० गोलले हराउँदै चर्च ब्वाइज शीर्ष स्थानमा उक्लिएकाे हाे । चर्च ब्वाइजका लागि सुवास गुरुङले गाेल गरे । चर्च ब्वाइजकाे १८ खेलमा ३३ अङ्क छ । सातदोबाटो उति नै खेलमा २६ अङ्कसहित चौथो स्थानमा छ ।