ए डिभिजन लिग : उपत्यकामा भारी वर्षासँगै आजका सबै खेल स्थगित

 #सहिद स्मारक लिग     २०८०, १६ बैशाख शनिबार २१:०१     96 जनाले पढ़िसके



Spread the love

काठमाडौं उपत्यकामा भारी वर्षासँगै शनिबारलाई तय भएका सहिद स्मारक ए डिभिजन लिगका खेल प्रभावित भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको हिमालयन शेर्पा र त्रिभुवन आर्मीबीचको खेल पहिलो हाफ सकिए पनि दोस्रो हाफको २७ मिनेट पछि भारी वर्षा र चट्याङ भएपछि खेल स्थगित भएको हो ।

आर्मी र हिमालयन शेर्पाबीचको खेल दोस्रो हाफको २७ मिनेट चलिरहँदा दुवै टोलीले एक÷एक गोल गरेका थिए । खेलमा आर्मीका नवयुग श्रेष्ठले पहिलो मिनेटमा गोल गर्दै हिमालयन शेर्पाविरुद्ध अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको ५५औं मिनेटमा हिमालयन शेर्पाका कप्तान विश्वास श्रेष्ठले फ्रिकिकमार्फत गोल गर्दै खेल बराबरीको अवस्थामा ल्याएका थिए ।

७२औं मिनेटपछि भारी भएपछि खेल अर्को समयका लागि तय गरिएको छ । अब दुई टोलीबीच भिडन्त आइतबार हुनेछ । आइतबार ७२ मिनेटपछि खेल दशरथ रंगशालामा दिउँसो ४ः३० बजेबाट सुचारु हुनेछ ।

लिगअन्तर्गत शनिबारको अर्को खेल संकटा र जावलाखेल युथ क्लबको खेल पनि वर्षाका कारण स्थगित भएको छ । पहिलो हाफको नतिजाबाट जावलाखेल १–० ले अगाडि रहेको थियो । ५० मिनेटको खेलपछि रोकिएको जावलाखेल र संकटाको खेल आइतबार दिउँसो १ बजे एन्फा कप्लेक्समा आयोजना हुनेछ ।

यस्तै दरशथ रंगशालामा अवेरलाई तय भएको चर्च ब्वाइज र मनाङ मस्र्याङ्दीबीचको खेल पनि स्थगित भयो । खेल आइतबार नै एन्फा कम्प्लेक्समा ३ः३० बजेबाट सुरु हुनेछ ।