एसिसी प्रिमियर कपमा आज नेपाल र कतारबिच खेल हुँदै

 #नेपाली क्रीकेट     २०८०, १४ बैशाख बिहीबार ०७:५६     93 जनाले पढ़िसके



Spread the love

नेपाल आज समूह बिजेता हुने लक्ष्यका साथ भिड्दै।

काठमाडौं – एसिसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित खेल मैदानमा नेपाल र कतारबीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा हङकङ र कुबेतबीच भिड्नेछन् ।

दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ।

घरेलु टोली नेपाल कतारलाई हराउँदै समूह विजेता बन्न‍ लक्ष्यका साथ मैदान उत्रनेछ । ​यसअघिको खेल पानी परेका कारण रद्ध भएपछि नेपालले साउदी अरबसँग अ‌ंक बाँडेको थियो ।

नेपाल ३ खेलमा २ मा जित र १ मा अंक बाँड्दै ५ अंकका साथ दोस्रो स्थानमा छ । कतार तीनै खेलमा जितविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । फोटो : फाइल