काठमाडौँ। सातदोबाटो युथ क्लबले संकटा क्लबलाई पराजित गरेको छ। शहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत बुधबार भएको खेलमा सातदोबाटोले संकटाविरुद्ध ४–० गोलको जित निकालेको हो।
सातदोबाटोको लागि विलियम ओपोकु तथा दीपक सिंह ठकुरीले दुई–दुई गोल गरेका हुन्। ओपोकुले खेलको १० औं तथा १८ औं मिनेटमा गोल गरे। त्यस्तै, ठकुरीले खेलको ६२ औं तथा ८२ औं मिनेटमा गोल गरेका हुन्।
जितसँगै सातदोबाटोले १२ खेलबाट २१ अंक जोडेको छ। समान खेल खेलेको संकटाको १५ अंक मात्रै रहेको छ।
त्यस्तै, थ्री स्टार क्लब र मछिन्द्र क्लबले गोलरहित बराबरी खेल्दै १–१ अंक बाँडेका छन्। १२ खेल खेलेको थ्री स्टारको २२ अंक भएको छ भने मछिन्द्रको १७ अंक भएको छ।