काठमाडौं । आईपिएल अन्तर्गत गएराती भएको खेलमा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादलाई सात विकेटले पराजित गरेको छ । यो जीतसँगै चेन्नई लिगको तेस्रो स्थानमा उक्लेको छ । उसको ६ खेलबाट ८ अंक भएको छ ।
हैदराबादले पहिले ब्याटिङ गर्दै सात विकेटको क्षतिमा १ सय ३४ रन मात्र बनाएको थियो । अभिषेक शर्माको ३४ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो ।
रवीन्द्र जडेजाले कसिलो बलिङ गर्दै २२ रन खर्चेर तीन विकेट लिए । जवाफमा चेन्नईले १८।४ ओभरमा तीन विकेट गुमाएर १ सय ३८ रन बनायो । ओपनर डेभन कनवे ५७ बलमा ७७ रन बनाएर नटआउट रहे ।