जावलाखेल ए डिभिजनको शीर्ष स्थानमा उक्लियो‚ खुमलटारले आर्मीलाई हरायो

 #सहिद स्मारक लिग     २०८०, ३ बैशाख आईतवार ०८:३८     104 जनाले पढ़िसके



Spread the love

काठमाडौँ : मनाङ मर्स्याङदी क्लबलाई हराउँदै जावलाखेल क्लब सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ।

च्यासल खेल मैदानमा शनिबार भएको खेलमा जावलाखेलले मनाङमाथि ३–० को जित निकाल्दै १७ अंक सहित शीर्ष स्थानमा उक्लिएको हो। जावलाखेलको जितमा एनकोटे मेसोबाईले दुई गोल गरे। यस्तै फोडे फोफानाले एक गोल गरे।

शनिबार साँझ भएको दोस्रो खेलमा खुमलटार एफसीले त्रिभुवन आर्मीमाथि ३–२ को जित निकालेको छ। खुमलाटरका लागि मेसुके ओलामावोले २ तथा रेजिन सुब्बाले एक गोल गरे। आर्मीका लागि नवयुग श्रेष्ठ र सुशान्त चौधरीले एक/एक गोल गरे। जितसँगै १० अंक जोडेको खुमलटार एक स्थान माथि उक्लिएको छ।

हिजै भएको अर्को खेलमा मच्छिन्द्र क्लब र न्यूरोड टिम एनआरटीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। दशरथ रंगशालामा भएको खेलको ३९ औँ मिनेटमा ओमोलाजा करिमले गोल गर्दै मच्छिन्द्रलाई अग्रता दिलाए पनि ६८ औँ मिनेटमा स्टेफन जुनियरले एनआरटीका लागी बराबरी गोल फर्काए।