संकटासँग एनआरटी र हिमालयन शेर्पासँग एपिएफ पराजित, मनाङको अपराजित यात्रामा पूर्णविराम, सातदोबाटो शीर्षस्थानमा उक्लियो

 #सहिद स्मारक लिग     २०७९, ३० चैत्र बिहीबार ०७:२१     96 जनाले पढ़िसके



Spread the love

काठमाडौं : राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा बुधबार संकटा क्लबले न्यूरोड टिम (एनआरटी) लाई २–१ को पराजित गर्दा अर्को खेलमा हिमालयन शेर्पाले विभागीय टोली एपीएफलाई ५–३ ले पराजित गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा संकटालाई जित दिलाउन जुनियर एनकेन्गुई र मनीष डाँगीले १/१ गोल गर्दा एनआरटीका सर्जी सङ्ले गोल गरे। खेलको २२ औँ मिनेटमा एनकेन्गुईले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए।

३७ औँ मिनेटमा मनीषले संकटाको अग्रता दोब्बर पारे। यस्तै एनआरटीका सङले ६२ औँ मिनेटमा गोल गर्दै टिमलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यसपछि गोल नहुँदा संकटाले ३ अंक जोड्न सफल भयो।

जितसँगै ८ खेलबाट १२ अंक जोडेको संकटा तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ। समान खेलबाट ६ अंक जोडेको एनआरटी तालिकाको १२ औँ स्थानमा छ।

लिगअन्तर्गत बुधबार नै भएको अर्को खेलमा हिमालयन शेर्पाले एपिएफ क्लबविरुद्ध ५–३ को रोमाञ्चक जित निकालेको छ। च्यासल रगंशालामा भएको खेलमा हिमालयन शेर्पाका लागि सत्यम शर्माले २ गोल गर्दा सुदीप श्रेष्ठ, अबायाओमी फमान्ले र विश्वास श्रेष्ठले १/१ गोल गरे। एपिएफका अर्मान्ड बेडोउम, सनिश श्रेष्ठ र प्रदीप लामाले १/१ गोल फर्काए।

प्रतिस्पर्धात्मक बनेको खेलमा सुदीप श्रेष्ठले गोल गर्दै हिमालयन शेर्पालाई अग्रता दिलाएका थिए। सत्यम शर्माले २४ औँ मिनेटमा गोल गर्दै शेर्पाको अग्रता दोब्बर पारे।

त्यसको ५ मिनेटपछि सत्यमले नै हिमालयन शेर्पाको अग्रतालाई ३–० मा पुर्‍याएको खेलको इन्जुरी समयमा एपिएफका अर्मान्ड बेडोउमले एक गोल फर्काउँदै अन्तर घटाए।

४७ औँ मिनेटमा सनिश श्रेष्ठले गोल गर्दै हिमालयन शेर्पाको अग्रतालाई ३–२ मा झारेपछि लयमा फर्किएको एपिएफका लागि प्रदीप लामाले ६३ औं मिनेट बराबरी गोल गरे तर ७५औं मिनेटमा अबायाओमी फमान्लेले गोल गर्दै हिमालयन शेर्पालाई पुनः अग्रता दिलाए र ८९ औं मिनेटमा विश्वास श्रेष्ठले गोल गरेपछि हिमालयन शेर्पाको ५–३ को जित निश्चित गरे।

जितसँगै लिगमा हिमालनय शेर्पाले ८ खेलबाट ९ अंक जोडेको छ भने ८ खेल खेलेको एपिएफको ११ अंक छ।

यस्तै मनाङमस्र्याङ्दी क्लबको अपराजित यात्रामा पूर्णविराम लागेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा सातदोबाटो युथ क्लबले मनाङलाई १–० गोल अन्तरले हराएको हो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा सातदोबाटो युथ क्लबले मनाङलाई १–० गोल अन्तरले हराएको हो।

मनाङले आठ खेलमा चारमा जित, ३ मा बराबरी र एक खेलमा हार भोग्दै १५ अंक बनाएको छ।

यता सातदोबाटोले भने पाँच खेलमा जित, एक खेलमा बराबरी र २ खेलमा हारको नतिजा निकालेको छ।

आजै भएको अर्को खेलमा हिमालयन शेर्पा क्लबले एपीएफलाई ५–३ गोल अन्तरले हराएको छ।

लिगमा बिहीबार २ खेल हुनेछन्। पहिलो खेल एन्फा कम्पलेक्समा नेपाल पुलिस क्लब र थ्री स्टार क्लब तथा दशरथ रंगशालामा चर्च ब्वाइज युनाइटेड र फ्रेण्ड्स क्लबबीच खेल हुनेछ।