ए डिभिजन लिगअन्तर्गत आज ३ खेल हुँदै

 #सहिद स्मारक लिग     २०७९, २७ चैत्र सोमबार १५:३२     89 जनाले पढ़िसके



Spread the love

शहीद स्मारक ए डिभिजन लिग फूटबल अन्तर्गत सोमवार ३ खेल हुँदैछन् ।

सोमवार दशरथ रंगशालामा २ र एन्फा कम्प्लेक्स सातदोबाटोमा १ खेल हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा चर्च ब्वाइज युनाइटेड र विभागीय टोली एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

चर्च ब्वाइज र एपीएफबीचको खेल दिउँसो २ बजे शुरू हुनेछ । सोमवार नै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा फ्रेण्ड्स क्लब र नेपाल पुलिस क्लब भिड्नेछन् ।

खेल दिउँसो २ बजे शुरू हुनेछ । रंगशालामा नै हुने सोमवारको दोस्रो खेलमा मनाङ मस्र्याङ्दी क्लब र थ्री स्टार क्लबबीच प्रतिष्पर्धा हुनेछ ।

मनाङ र थ्री स्टारबीचको खेल साँझ ५ः४५ बजे शुरू हुने जनाइएको छ ।