सहिद स्मारक लिग : मनाङद्दारा एनआरटी ३–१ ले पराजित

 #सहिद स्मारक लिग     २०७९, १ चैत्र बुधबार २१:१८     97 जनाले पढ़िसके



Spread the love

काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लबले दाेस्राे जित निकालेकाे छ । बुधवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा मनाङले न्युराेड टिम (एनआरटी) लाई हराएकाे हाे ।

मनाङले एनआरटीलाई ३–१ गाेल अन्तरले हरायाे । मनाङका लागि राेशन राना मगर, काेफी कुडु र साइदजमाेल दाभ्लातजोनोभले गाेल गरे । एनआरटीका लागि अशाेक थापा मगरले गाेल गरे ।

याे जितसँगै मनाङले ४ खेलमा ८ अङ्क जोडेको छ । मनाङ तालिकाकाे तेस्राे स्थानमा उक्लिएकाे छ । ४ खेलमा १ अङ्क भएकाे एनआरटी १३ औँ स्थानमा छ ।

यस सिजनको ए डिभिजन लिग डबल राउन्ड रोबिनको आधारमा भइरहेको छ । यस पटकको लिगमा एक सय ८२ वटा खेल हुनेछ । यस पटकको लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।