पपुवा न्युगिनीविरुद्ध टस जितेर नेपालको बलिङ गर्ने निर्णय

 #नेपाली क्रीकेट     २०७९, २९ फाल्गुन सोमबार ०९:५७     197 जनाले पढ़िसके



Spread the love

काठमाडौँ — क्रिकेट विश्वकप लिग-२ अन्तर्गत पपुवा न्युगिनीविरूद्धको खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेको नेपालले पहिले बलिङ रोजेको हो ।

आजको खेलको प्लेइङ ११ मा रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल‚ आसिफ शेख, सोमपाल कामी, कुशल भुर्तेल, ललित राजवंशी, सन्दीप लामिछाने‚ करण केसी‚ भीम सार्की, आरिफ शेख र कुशल मल्ल रहेका छन् । आइतबार यूएईसँगको खेलमा प्लेइङ ११ मा परेका गुल्शन झाको स्थानमा करण कसी आएका छन् ।

आइतबार भएको यूएईसँगको खेलमा नेपालले १७७ रनको फराकिलो जित हात पारेको थियो । उक्त जितसँगै नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम गरेको छ । गत बिहीबार नेपालले पपुवा न्यु गिनीलाई ५२ रनले पराजित गरेको थियो ।

नेपालले सोमबार पपुवा न्युगिनी र बिहीबार यूएईसँग खेल्दै छ ।